दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना कहरमा अहोरत्र खटिएकी देश र जनताका लागि जन्मिएकी छोरी – मन्जु गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ३० गते, आईतवार ९:३४

पशिमाञ्चल क्षेत्रीय अस्पातल पोखरामा कार्यरत मन्जु गुरुङलाई अहिले भ्याइ नभ्याइ छ । कोरनाका कारण यो अस्पातलमा पनि दिनानु दिन सक्रमितहरु बढी रहेका छन तर उनलाई आफ्नो भन्दा सक्रमितहरुको धेरै चिन्ता छ । महामारीले उदगम बिन्दु लिदा पनि उनले आफ्नो जिम्मेवारी छोडेकी छैनन र यो अबस्थामा झन डेटर लाग्नु पर्ने उनको सकाराआत्मक सोच छ । हामीले फ्रन्ट लाइनमा बसेर देश र जनताको सेवा गर्नु पर्ने समय नै यही हो, यस्तो अवस्थामा हामीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्यौ भने न्याय हुँदैन भन्ने उहाको बिचार छ । बिगत चार बर्ष देखि यो अस्पातलमा स्टाप नर्सको रुपमा काम गर्दै आएकी मन्जु आफु सुरक्षित रहेर अरुको सेवा गर्न कहिले हिचकिचाउदिनन । सक्रमितको चापका कारण उनले नियमित बिदा नलिएको पनि धेरै भई सक्यो तर उनलाई यो कुनै प्रबाह छैन ।

फ्रन्ट लाइनमा बसेर काम गर्ने हामीले हाम्रो जिम्मेवारीबाट पन्छिन खोजेमा सन्क्रमितको मनोबल घट्ने हुँदा हामीले कहिल्यै यस्तो सोच राख्नु हुन्न भन्ने उहाँको आफ्नो जिम्मेवारी बोध छ । देशभरमा एक डाक्टर र ५ नर्सको कोरनाको कारणले मृत्यु हुँदा पनि उनलाई कुनै डर छैन । उनी जस्तै सकारात्मक सोच लिएर अघि बढेमा हामीले कोरनालाई जित्न सहयोग पुग्नेमा कुनै दुई मत छैन । यो विषम परिस्थितिमा देश र जनताको सेवा गर्न पाउनु आफुलाई भाग्यमानी सम्झनु हुन्छ । यो महामारीलाई जित्नका लागि हामीले सदैब सक्रमितहरुका लागि माया, सदभाब र मनोबल बढाउने काम तिर लाग्नु पर्ने उहाँको सोच छ । अन्य समय भन्दा पनि बढी समय दिएर उनले दिन रात नभनी सक्रमितहरुको सेवा गरेकोमा सबैले खुलेर प्रशंसा गरेका छन् ।
मन्जु गुरुङको साकारात्मक सोचका कारण कयौ कोरना संक्रमितहरुको ज्यान जोगिएका छन । भोलिका दिनहरुमा यो सन्क्रमण जो कोहिलाई हुन सक्छ, आज कसैलाई लागेको छ भने भोली हामीलाई पनि लाग्न सक्छ तसर्थ हामीले सबैलाई इज्जत र सम्मानका साथ आफुले सकेको साथ, सल्लाह र सहयोग गर्नु पर्छ भन्ने प्रस्ट उनको बिचार छ । साथ दिने भनेको नै परेको बेला हो हामी स्वास्थ्यकर्मीहरुले जनताका लागि दिल खोलेर सहयोग गर्ने भने कै यही समय हो तसर्थ हामीले हाम्रो जिम्मेवारीबाट कहिले पन्छिन नहुने र त्यसो गर्न हाम्रो पेशाको धर्मले पनि नदिने उनको उपल्लो सल्लाह छ ।
अहिले देश र जनताका लागि हाम्रो जरुरत छ यो अवस्थामा हामीले दिल खोलेर सेवा गर्नु पर्ने हुन्छ । समय सधैं एक नाश रहन्न आज कोरना महामारीले हामीलाई मात्र होइन विश्वलाई सताएको छ तर यो एक न एक दिन त साम्य भइनै हाल्छ तसर्थ यो दुःखद घडीमा हामीले देश र जनताको सेवा गर्न पाउनु सौभाग्य ठानेर नै उनले दिन रात नभनी बिरामीका लागि खटेर लागि परेकी छिन ।

हामीले यो बिषम समयमा डिउटी रोक्नु, आन्दोलन गर्नु र अप्ठ्यारो अरिस्थिती श्रजना गर्नु भनेको आफ्नो खुट्टामा आँफैले बन्चरो हानु हो तसर्थ हामीले नै आफ्नो कर्तब्य भुल्न थालेमा भोलिका दिनमा जनता सामु हाम्रो विश्वाश गुम्ने छ । कोभिडमा हामीले गरेको सेवाको मुल्याङ्कन भोलिका दिनमा जनताले नै गर्ने छन भन्ने मन्जुको आसय छ ।
कोरना सक्रमितको उपचारमा खटिदा शुरुमा अरुलाई जस्तै मन्जुलाई पनि डर लागेको थियो तर उनले यसलाई एक अवसर र चुनौतीका रुपमा स्वीकार्दै अगाडि बढिन् । आफु सुरक्षित रहेर संक्रमितको उपचारमा खटिनु आफ्नो दायित्व हो भन्ने लागेर नै उनले आफ्नो डिउटीलाई निरन्तर राखिन् । अस्पतालमा प्राय सबै कोरना सन्क्रमितहरुको उपचार र हेरचार जिम्मेवारी नर्सहरुलाई दिएको हुन्छ ।
कुनै जटिल समस्या भएमा मात्र डाक्टर उपस्थित हुने गरेको छ । उनको चार बर्षको करीयरमा यो जत्तिको बिषम परिस्थिती कहिले आएको थिएन । पहिला पहिला सामान्य बिरामीका लागि खटिनु पर्नेमा यो समयमा आफु बचेर अरुलाई बच्चाउनु पर्ने हुँदा निकै चुनौती पूर्ण पनि छ । दिन रात नभनी जोखिम मोलेर संक्रमितको उपचारमा खटिएकी मन्जु गुरुङ जस्तै देश भरका सबै जसो नर्स र स्वस्थ्य कर्मीहरुको अवस्था यस्तै नै हो तर को कसले के कती गरे भन्ने मात्र फरक हो । तर मन्जु गुरुङले आफ्नो पेशा पर्ती गरेको गहन जिम्मेवारीलाई सबैले सरहना गर्न योग्य र साकारात्मक सोच भएको सक्रमितको मनोबल बढाउन सक्षम पात्रको रुपमा लिन सक्छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु