दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मनोज गजुरेल अभिनित चलचित्र ‘सय कडा दश’को छायांकन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते, आईतवार १३:४३

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको परिचय थपिएको छ । उनको मुख्य भूमिका रहने चलचित्र ‘सयकडा दश’को छायांकन आज सोमबारदेखि राजधानीमा सुरु भएको छ ।बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट चलचित्रको छायाँकन सुरु भएको हो । सोही अवसरमा अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र अभिनयमा स्वागत गरे ।‘डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भएपनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो ।

सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।’अभिनेता पौडेलले गजुरेललाई घरेलु चलचित्रले ‘महान’ अभिनेताको रुपमा पाउने बताउँदै उनको ट्यालेन्टको प्रशंसा गरे । चलचित्र भित्र यी दुईजना सम्धीको भूमिकामा प्रस्तुत हुँदैछन् ।ठेगाना र प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठकले चलचित्र यसपटक निर्देशन गर्दैछन् । ‘यसपटक समाजसँग सीधै कथावस्तु जोडिएको छ । ‘सदाचारको वकालत चलचित्रले गर्नेछ’ उनले भने, ‘हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।

’भ्रष्टाचारविरुद्ध प्रेम चलचित्रको बटमलाइन राखिएको छ । सायद २ अभिनेता अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत छन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् ।दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु