दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“निरन्तर क्रान्ति र सघर्ष नै जीवन हो”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १२ गते, शुक्रबार ९:४७

यहाँ क्रान्ती भन्ने बित्तिकै गोलाबारुद र ध्वंस हो भन्ने बुझ्ने लाल-बुझक्कडहरुको कमि छैन !
सफलताको साधक नै संघर्ष हो भन्ने बुझ्न जरुरी छ !
हरेक प्रकारका सामाजिक अभियन्ता र सर्जक नै क्रान्तिकारी र योद्धा हुन!
मागेर वा रोएर पाएको सफलतालाई संघर्ष भन्न कदापि सकिँदैन !
नत त्यसलाई क्रान्ती नै मान्न सकिन्छ !

उत्साह, हिम्मत, शाहस, आँट र धैर्यका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँन सक्छ !

असारे हिलोसंगको संघर्ष पछि मंसिरमा झुल्ने धानका बालाले किसानको जीवनलाई आनन्दित तुल्याउँदछ !
कठोर संघर्ष र मिहिनेत पश्चात परीक्षामा प्राप्त उत्कृष्ट नतिजाले विद्यार्थीलाई खुसी तुल्याउँदछ !

ह्रदयभित्र उर्लेका भावनालाई गहकिला शब्दमा पोखेर सिर्जना सिर्जित गर्ने सर्जकलाई आफ्ना सिर्जना कृतिको आकृति ग्रहण गर्दा प्रशन्नता भए जस्तै ,
संघर्ष एउटा त्यस्तो पुँजी हो जसले संघर्ष गर्ने व्यक्ति मात्र होइन् त्यो व्यक्ति बस्ने समाज, छर-छिमेक, समुदाय, राज्य आदि सबैले त्यस्ता सफलताको स्वाद चाख्न पाउँदछन् !

संघर्ष र क्रान्ती भन्ने बित्तिकै तर्सिने र अनर्थ बुझ्नेहरु जीवनमा जहिले पनि पछि पर्छन् र तिनीहरूलाई सफलता मिराज सावित हुनेछन् अनि सपनामा पनि साथ दिंदैनन !

क्रान्तिको शाब्दिक अर्थ उर्जा र संघर्षको शाब्दिक अर्थ कोशिस भन्ने हुन्छ !
टक्कर, विद्रोह, घर्षण, युद्धलाई संघर्ष शब्दका यी अर्थले संघर्षको भयावह चित्र मानवसमक्ष उभ्याउँछन् !

जसरी ढुङ्गा र माटोसंगको टक्कर र बिद्रोह बिना नत खेतिमा धान उब्जिन्छ नत उब्जनी नै बढ्छ !त्यसरी नै लोहारेको आरन र सुनारेको चोट बिना नत त्यसले आकार दिन्छ नत सुन्दरता नै दिन्छ!

जीवन अर्थात् जिवनिसँग गाँसिन आउने अनेकन संघर्ष शब्दले निरन्तर सक्रियता तथा कठोर परिश्रम नै जीवन हो भन्ने अर्थ बुझाउँदछ!
यसर्थ क्रान्ती नै श्रेय अनि संघर्ष नै जीवन हो भन्ने बुझाउँछ !

मानव जीवनलाई चिरिच्याँट्ट पारेर सजाउन समुन्नत र विकसित बनाउन कठोर परिश्रम र सक्रियतारूपी युद्ध स्वच्छ विद्रोह वा स्वच्छ प्रतिस्पर्धारूपी लडाई वा अभियान आवश्यक पर्दछ !

मानव जातिले कुनै पनि उच्च पद, महान, उपलब्धि एवं विशिष्ट लक्ष्य प्राप्त गर्न यदि अनवरत् रूपमा परिश्रम गरिरहन्छ भने त्यसलाई नै वास्तविक रूपमा क्रान्ती वा संघर्ष भन्न सकिन्छ !

किनभने सभ्यताको मिर्मिरेदेखि वर्तमानसम्म मानिसले जे-जति उपलब्धि हासिल गरेका छन त्यो निरन्तर परिश्रम र सक्रियतारूपी कठोर संघर्षको प्रतिफल हो ! सम्पूर्ण उन्नति र विकासबीचको तत्व नै क्रान्ती र संघर्ष हो !

सम्पूर्ण प्रगति र अभ्यूत्थानको रहस्य नै संघर्ष हो! त्यसैले जीवनलाई सुखी, सम्पन्न वैभवशाली बनाउने कारक तत्व भनौं वा सारतत्व भनेकै संघर्ष हो ! त्यसैले निर्धक्कसँग भन्न सकिन्छ, संघर्ष नै जीवन हो ! संघर्ष नै सफलता हो ! संघर्ष नै जीवनको आधार हो ! यही आधारमा टेकेर मानिसले आफ्नो गत्नव्य तय गर्दछन !!

राम चन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु