
काठमाडौं । बितेको २ घण्टामा देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो ।
यसैगरी, पछिल्लो २४ घण्टामा ५१५ कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४५४ पुगेको छ ।


