दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्यवस्था फेरियो “साशन”को “विधि” फेरिएन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २२ गते, सोमबार १०:०६

ब्यवस्था फेरियो “साशन”को “विधि” फेरिएन –

एकपछी अर्का क्रान्ति भईरहे
क्रान्तिकारी जन्मिरहे
रगत बगिरहे
लाश ढलिरहे
ब्यवस्था फेरिरहे
साशनको “विधि” फेरिएन।

हाकिम फेरिए
कर्मचारी फेरिए
चप्रासी फेरिए
अफिस, कुर्सी र कार्पेट फेरिए
कर्मचारी”तन्त्र” फेरिएन।

प्रधानमन्त्री फेरिए
मन्त्री फेरिए
आवस्यकता अनुसार मन्त्रानि फेरिए
“मन्त्रना” फेरिएन।

प्रधान न्यायाधीस फेरिए
न्यायाधीश फेरिए
वकिल फेरिए
नयाँ नयाँ कानुन फेरिए
न्यायको “शैली” फेरिएन।

कृषिमा उब्जनी फेरियो
लगानी फेरियो
नीति, नियम र पद्धति फेरियो
बिचौलियाको “दादागिरी” फेरिएन।

टिभी फेरियो
रेडियो फेरियो
मोबाईल फेरियो
इन्टरनेटको पहुँचले आधुनिकता फेरियो
ब्यक्तिको “सोच” फेरिएन।

बर्ष फेरियो
महिना फेरियो
दिन गते र बार फेरियो
सामजिक “भेदभाव” फेरिएन।

गाउँ फेरियो
टोल फेरियो
घर फेरियो
बाटो फेरियो
रहनसहन र खानपान फेरियो
वर्गीय “असमानता” फेरिएन।

रामचन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु