
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले बिवाह गर्ने निर्णय लिएका छन् ।पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका छन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको बताएका छन् । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अरु कुरा पछि बताउछु भनेका छन् ।महिलातर्फको केही आन्तरिक कुरा नमीलेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएका छन् ।
दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका हुन् ।
२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए ।
गजुरेल र मीनाको एक छोरा र एक छोरी रहेका छन् । दुबै छोराछोरी गजुरेलसँगै बस्दै आएका छन् ।
Source: Filmyfanda.com


