दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २६ गते, शुक्रबार ८:१२

बिरगंज । विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग गरेका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरेको भारतसँगको सीमा औपचारिक रूपमा नखोल्दा भारतीय पर्यटक नआएको भन्दै व्यवसायीले सिमाना खोल्न माग गरेका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बिहीवार विज्ञप्ति निकालेर सरकारले विगत ९ महीनादेखि सीमा बन्द गर्दा पर्यटन र सरोकारका होटल व्यवसाय चौपट भएको बताएका छन् । भारतले गत कात्तिक पहिलो हप्तादेखि आफ्नो सिमानाबाट आवागमन खुला गरे पनि नेपालतर्फ खोलिएको छैन ।

सिमाना औपचारिक रूपमा नखुले पनि अनौपचारिक आवागमन भने रोकिएको छैन । सीमा नखोल्दा बेलाबेलामा सुरक्षाकर्मीले अवरोध गर्दैै आएका छन् । यसबाट पर्यटक आउन हिच्किचाएको व्यवसायीको भनाइ छ । मानिसहरूको अनधिकृत आउजाउ भइरहेकाले अब सिमाना बन्द गर्नुको कुनै अर्थ नरहेको र यसले वीरगञ्ज क्षेत्रका होटल व्यवसाय नराम्ररी प्रभावित भएको व्यवसायीको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु