
२९ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहिबारदेखि स्थिर रहेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा शुक्रबार, शनिबार र आइतबार पनि सोहि मूल्य कायम गरिएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।


