दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिनालाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ६ गते, सोमबार १९:४९

भरतपुर/दिपा इभेन्टको आयोजनामा सम्पन्न जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिना श्रेष्ठले हात पारेकी छिन । शनिबारमा सम्पन्न प्रतियोगितामा सहभागी मोडलहरुलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । त्यस्तै प्रतियोगितामा रोमिका श्रेष्ठ फष्ट रनरअफ र मेरिना न्यौपाने सेकेण्ड रनरअफ भएका थिए ।
दिपा इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठकको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा सफल युवा व्यवसायी एवं समाजसेवी कपिल सागर कर्माचार्य प्रमुख अतिथि रहनुभएको थियो । स्मार्ट व्यान्क्यूट एण्ड रिसोर्ट प्रा.लि.को परिसरमा सम्पन्न प्रतियोगिताको प्रमुख निर्णायकमा युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ र निर्णायकमा सञ्चारकर्मी राजु भट्ट रहनुभएको थियो ।
मिडियाकर्मी राकेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको प्रतियोगितामा इभेन्ट अर्गानाइजर मिना झा, युवा व्यवसायी राहुल सिंह, पुष्प श्रेष्ठ, चितवन जिम हाउसका जिम प्रशिक्षक सुरेश राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु