दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘समाजवाद र समृद्धि आईसक्यो”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ८ गते, बुधबार ८:५३

~~ ब्यांग्य कविता ~~
”समाजवाद र समृद्धि आईसक्यो”-

छातिमा मातृभुमी राखेर अरबमा निदाएका आत्माहरु अनि
आफ्नो खप्पर आफैले सिरानी राखेर मशानघाटमा बिलाएका सपनाहरु !!

जिउँदै कात्रो भिरेर र कफन बाँधेका योद्धाहरु अनि,
आँखा अगाडि दरिन्देको हातबाट अस्मिता गुमाएका चेलिहरु !!

पेट भित्र मुसो कुद्दा अन्न नभेटेर इट्टा बोकेका बालकहरु अनि,
साहुले घरखेत कब्जा गर्दा लाचार बनेर खाडी भासिएका युवाहरु !!

ॠण तिर्न नसकेर आत्महत्या गरेका गरिबहरु
तरकारी नबिकेर विष पिएका कृषकहरु !!

फर्केर हेर त नेपाललाई …
कहाँबाट कहाँ पुगि सक्यो ….

एउटै पार्टीका ११ सय केन्द्रिय सदस्य
काम नगरी खाने हजारौं कार्यकर्ता जन्मिसक्यो !!

जिन्दावाद र मुर्दावादको नारामा रोजगारी
आन्दोलन र जुलुसमा हाजिरा तोकिसक्यो !!

नालापानी, कालापानी, लिपुलेक र लिम्पियाधुरा इतिहास,
वाइडबडी, निर्मला र औसधि काण्ड भुत बनिसक्यो !!

समाजवाद ,साम्यवाद र समृद्धि मीठो कल्पना,
सर्वहारा, मजदुर र किसानिको माग सपना बनिसक्यो !!

दुई मिटरको कात्रोमा कमिसन खोज्न थाले
घरघरमा समाजवाद र समृद्धि आईसक्यो !!

रामचन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु