दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो टाइम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रा.लि.को टोलीद्वारा चौकीडाँडाको अवलोकन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष १२ गते, आईतवार १७:३६

चौकीडाँडा/उज्यालो टाइम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रा.लि.को टोलीद्वारा पर्यटकीय स्थल चौकीडाँडा वरपरको क्षेत्रको स्थलगत अवलोकन गरेको छ । प्रा.लि.का अध्यक्ष राजु भट्टको नेतृत्वमा पुगेको टोलीले चौकीडाँडा, कविलासगढी, सोही स्थानमा रहेको ढोडेनी स्कूल, त्यहाँ रहेको सुन्तला बगान लगायतका क्षेत्रको अवलोकन गरेको थियो । अवलोकनको क्रममा उज्यालो टाइम्स डटकमका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, होडिडे होम रिसोर्टका प्रबन्ध निर्देशक वसन्त राना, उज्यालो टाइम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रा.लि.का सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
पर्यटकीय गन्तव्यको रुपमा विकासित हुँदै गएको भरतपुर महानगरपालिका–२९ मा रहेको चौकीडाँडा हिजोआज आन्तरिक एवं बाह्य पर्यटकहरुको आकर्षणको रुपमा रहेको छ ।
नारायणगढदेखि १८ किलोमिटर पूर्व भोर्लेबाट ९ किलोमिटर उकालो पार गरेपछि करिब ११०० मिटर उचाइमा अवस्थित चौकीडाँडाबाट मनमोहक पहाडी श्रृङ्खला, नागबेली, नारायणी नदीको चाल, चितवनको समथर भाग अवलोकन गर्न सकिन्छ ।
चौकीडाँडाको नजिकै रहेको समुद्री सतहदेखि १२०० मिटर उचाइमा अवस्थित ऐतिहासिक कविलासगढी पूर्खाहरुको बीरगाथासँग जोडिएको छ । सामरिक दृष्टिले महत्वपूर्ण यस ऐतिहासिक स्थलबाट अन्नपूर्ण हिमश्रृङ्खलादेखि लमजुङ हिमालसम्म अवलोकन गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु