दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा उत्रियो बिशाल कार्यकर्ता सडकमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष १३ गते, सोमबार २०:१७

१३ पुस,काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गरेका छन ।
विरोध सभालाई सम्बोधन गर्दै महतले भने,
नेकपा र ओली सरकारले जनतातिर फर्किएर राष्ट्रियताको कुरा गर्ने,तर भन्नुपर्ने ठाउँमा नभन्ने गरेको बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेसका युवा नेता तथा सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा चण्डोलस्थित विशाल मिलन केन्द्रवाट शुरुभएको विरोध जुलुसमा नेपाली कांग्रेसका कार्यकर्ता तथा नेता साथै सर्वसाधरणहरुको विशेष सहभागिता रहेको थियो।

विशाल मिलन केन्द्रवाट शुभारम्भ भएको जुलुस महाराजगञ्ज चक्रपथमा पुगेर कोणसभा सहभागी भएको थियो।

जुलुसमा हामी सग कुरागदै सभापति न्यौपानेले केपी ओलीको सरकारले संविधान माथी उठेर आफ्नो व्यक्तिगत स्वार्थको लागि संविधान माथी नै कु गरेको आरोप लगाएका छन् । देशको संविधान र कानुन भन्दा माथि कोही व्यक्ति हुनै सक्दैन।
जसले गर्दा आज सडकमा आउन बाध्य भएका बताएका छन।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ का १५ वटै इकाई सभापतिहरूको नेतृत्वमा हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/watch/?v=228708425361507

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु