दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेयर बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष १६ गते, बिहीबार १६:४३

काठमाडौं । सेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि मंसिर १७ गते इतिहासकै उच्च २०७१ विन्दुको रेकर्ड बनाएको थियो ।

यस साताको पहिलो दिन करिब ४० अंकले घटेको बजार त्यस यताका ४ दिनमा करिब ८८ अंकले बढेको छ । आज सेयर बजार मापक सूचक नेप्से २५.२१ अंकले बढेर २०८७.२७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ५अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।

आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १८७.७३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ९६.४३ अंकले घटेको छ ।

कारोबारमा आएका २०७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता हिमालयन डिस्ट्रीलरीको सेयरमा झुम्मिएका छन् ।

गत वर्षको नाफाबाट १०० प्रतिशत लाभांश् घोषणा गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हुँदा लगानीकर्ता यसको सेयर प्रति आकर्षित भएका हुन् । आज यसको सबैभन्दा धेरै ४६ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा नेपाल लाइफको ३७ करोड र नागरिक लगानी कोषको २८ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

आज साल्ट ट्रेडिङको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज नारायणी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.७८ प्रतिशत गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु