दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेर्नुस् के छ नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २२ गते, बुधबार १३:०३

काठमाडौं ।लगातार बढ्दै आएको सुनको भाउमा आज पनि वृद्धि भएको छ। पछिल्लो केहि दिन यता ह्वात्तै बढेको सुनको मूल्यमा आज पनि ३ सय रुपैयाँले वृद्धि भएको छ। मंगलबार सोमबारको तुलनामा १ हजार १ सयले बढेको सुनको मूल्य आज बुधबार पनि ३ सय रुपैयाँले बढेको हो।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय कायम भएको छ।

बुधबारको सुनको मूल्य करिब २ महिना यताकै महँगो हो। गत कार्तिक २४ गते सुन ९८ हजार २ सयमा कारोबार भएपश्चात सुनको मूल्य आजको विन्दु सम्म पुगेको थिएन। यस हप्ता मात्र सुनको मूल्य तोलामा २ हजार २ सय रुपैंयाले बढीसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु