दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल सोमबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ ४ गते, आईतवार १९:४७

काठमाडौं ।एस.डी नाइन्टी नाइट स्पोर्टस कर्नरको आयोजनामा सोमबारदेखि अन्तर वडास्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । प्रतियोगितामा टोखा नगरपालिकाका ७ वटा वडाका टिमले प्रतिस्पर्धा गर्ने छन् । वडा नम्बर २ मा रहेको भूतखेल मैदानमा सात दिनसम्म चल्ने प्रतियोगितामा वडा नम्बर सात र वडानम्बर ६ काबीचमा उद्घाटन खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए । सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वडा नम्बर ३, ६ र ७ रहेका छन् । यसैगरी समूह ‘बी’मा वडा नम्बर १, २, ४ र ८ रहेका छन् । गजराज जोशी ट्रस्ट र हेडलाइन्स स्पोर्टस क्याफे प्रायोजक रहेका छन् भने विशेष सहयोगकीको रुपमा बी डिभिजन लिगमा रहेका भगबती क्लब रहेको छ ।
प्रतियोगिताको विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ३५ हजार पाउने छन् । यसैगरी विधागत उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । गजराज जोशी ट्रस्टका अध्यक्ष अनिश जोशीले कोभिडको महमारीमा पनि खेलकुदलाई चलायमान गराउने उद्देश्यले युवाहरुले फुटबल प्रतियोगिता गर्न लागेकाले सहयोग गर्न लागिएको जानकारी दिए । गजराज जोशी आफैमा एथ्लेटिक्स खेलाडी भए पनि पहिला फुटबल खेलाडी नै भएकाले यो प्रतियोगितामा ट्रस्टले सहयोग गर्न लागेको पनि उनको भनाई थियो । यसैगरी वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशीले प्रतियोगितामा टोखा नगरपालिकाको पनि सहयोग रहने प्रष्ट पारे । टोखालाई चिनाउनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्थानीय खेलाडी उत्पादन गर्न पनि सहयोग हुने विश्वास व्यक्त गरे । भगवती क्लबका अध्यक्ष मदन श्रेष्ठले प्रतियोगिताभर म्याच कमिस्नरको रुपमा आफू रहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु