दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलकुद उत्पादक क्षेत्र हो– प्रधानमन्त्री ओली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २० गते, मंगलवार १९:४१

काठमाडौं, माघ २० गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र उत्पादक क्षेत्र भएको बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘खेलकुदसंग प्रधानमन्त्री’अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताए हुन् ।
‘खेलुकदले सिंगो राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेली रहेको हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले सफलता हात पार्दा सिंगो देश र देशवासी गौरवान्वित हुन्छन् । त्यसैले खेलकुद अनुत्पादक होइन उत्पादक क्षेत्र हो ।’– प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले खेलाडी छनोटमा भेदभाव गर्न नहुने बताउदै खेलाडीको क्षमताका आधारमा उत्कृष्टलाई छनोट गरी अवसर दिनु पर्नेमा जोड दिए । उनले रजत र कांस्यका लागि नभइ खेलाडीले स्वर्ण नै जित्छु भनेर प्रदर्शन गर्नु पर्ने धारणा राख्दै आगामी वर्षमा खेलुकदको बजेटमा बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको ५१ स्वर्ण ऐतिहासिक भएको बताउदै खेलकुदमा खेलअघि र खेलपछि हुने हार्दिकतालाई सबैले अनुशरण पर्ने आवश्यकता औल्याए ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले आफूले पदभार ग्रहण गरेकै दिन खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासाका लागि प्रकृया अगाडि बढाएर खेलाडीले समेत पाइसकेको बताउदै १३ औं सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ताका लागि पनि पहल भइसकेको बताए ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदमा अझ लगानी बढाएको खण्डमा अझ राम्रो नतिजा दिन सकिने बताउदै खेलकुदमा बजेट बृद्धिका लागि आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु