दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ए नोन हिन्न” म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २३ गते, शुक्रबार २०:५५

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ को प्रमुख आतित्थ्तामा “ए नोन हिन्न”म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार विशाल काल्तेनले यो गीत विसुद्ध प्रेम गीत भएको हुनाले सबैले रुचाउने दाबी गर्नु भएको छ । यहाँले गीत संगीतको बारेमा खुलेर कमेन्ट् गरिदिन अनुरोध गर्दै सभ्य कमेन्ट् गर्नकालागि उहाँले सबैमा अनुरोध पनि गर्नुभएको छ ।

प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले इतिहास कोट्याउनु भएको थियो । उहाँले अभिभावकको रुपमा अहिले नयाँ कलाकारहरुले उभाईदिएकोमा सबैलाई धन्यवाद दिनुभयो । तामाङ समुदायले सांगीतिक क्षेत्रको विकासमा इतिहास नभुल्न पनि अनुरोध गर्दै उहाँले भन्नुभयो “सिसाम तामाङ सितोपा” तामाङ गीत गाउदा प्रहरीले धेरै दुःख दिएको अनुभुति सुनाउनु भएको थिय‍ो । उहाँले अझपनि प्रविधिसँग नजिक भएर प्रचारप्रसारमा ध्यान दिएर सयंता अप्नाएर अगाडि बढ्न सकेमा सफल हुने भन्दै बुद्ध ज्ञानको उदाहरण पेश गर्नुभएको थियो ।
उहाँले आरोप प्रतिआरोप जति आउछ त्यसलाई मनन गरेर अगाडि बढेमा सफल हुने बताउनु भएको छ । मनतव्यको क्रममा उहाँ तेमालको ऐतिहासिकतालाई जीवित राख्नका लागि तयार गरेको ऐतिहासिक गीतको पत्रकार सम्मेलनको बारेमा जानकारी दिनुभयो र सबैलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नु भएको छ ।

विशेष अतिथि रन्जिता ब्लोनले महिला अधिकारको संरक्षण गर्न सक्ने गीत संगीतहरु निर्माण गर्न अनुरोध गर्नु भएको थियो ।

काभ्रे नेपाली कांग्रेसको युवा नेता तथा कार्यक्रमको विशेष अतिथि बेल लामाले नेपालमा बसेर नेपाली भएको अनुभुति गर्ने अधिकार नेपाली राजनीतिको कारणले पिल्सिएकाे दाबी गर्दे तामाङ गीत संगीतको माध्यमबाट समुदायको अधिकारको रक्षा गर्न सफल हुन शुभकामना दिनुभएको छ ।

पत्रकार मिलन लामा दोङले गीत संगीतकोबारेमा पत्रकारको कलमबाट खुलेर लेख्दा कलम माथि हस्तक्षेप गरेमा निष्पक्ष रुपमा समाचार नआउने बताएको छ ।

शब्द संगीत विशाल कल्तन, गायक कान्छा रिदम र गायिका जित्तु लोप्चनको स्वर रहेको ए नोन हिन्न म्युजिक भिडियोको सिन्धुपाल्चोक र दोलखाको कालिन्चोकमा छायांकन गरेको छ ।

उर्गेन लामाको निर्देशन र विवेक लामाको छायांकन मोडल तथा नायक तेमाल सिं तामाङ र मोडल यङ्गी द‍ोङको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु