दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शैक्षिक परामर्शदाताको हकहितका लागि म फेकनको अध्यक्ष हुनुपरेको छ – बासुदेव नेपाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते, सोमबार १८:३४

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को फाल्गुण ८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि बासुदेव नेपालको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
सम्पर्क कार्यालय बागबजारको हेलो क्याफेमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार नेपालले २२ महिनामा २४ वटा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूले अघि सारेका एजेण्डा केवल देखाउनका लागि मात्र नभएको पनि दाबी गरेका छन् । ‘मैले अध्यक्ष जित्नका लागि मात्र यस्ता महत्वाकांक्षी योजना ल्याएको होइन, गरेर नै देखाउँछु’ उनले भने ‘ मैले यी प्रतिबद्धता पूरा गर्न सकिन भने व्यवसायी साथीहरुले खवरदारी गर्नुहोला ।’ नेपालले यसअघि आफू फेकनको वरिष्ठ उपाध्यक्ष हुँदा पनि संस्थालाई हकहित हुने गरी व्यवसायीको पक्षमा सधैं काम गरेको बताएका छन् । उनले वर्तमान कार्याकालमा आफू अध्यक्षको स्वभाविक उम्मेदवार भए पनि एक कार्याकालका लागि सहमतिमा छोडिदिएको पनि स्पष्ट पारे ।
समूहले घोषणा गरेको २४ वटा बुँदामा व्यवसायीको लागि सरोकारवाला विभिन्न मन्त्रालयसँग समन्वय गर्ने, व्यवसायीको क्षमता बृद्धिका लागि तालिम र गोष्ठी गर्ने, संस्थालाई सबै व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्ने, विद्यार्थीहरुको अध्ययनका लागि नयाँ देशको सही गन्तव्य र विश्वविद्यालय खोजी गर्ने, पेशालाई मर्यादित र थप विश्वसनीय बनाउने, फेकन स्थापना भएको २०६५ मंसिर २९ लाई आधार मानी हरेक मंसिर २९ गते फेकन दिवस मनाउने, उजुरी तथा सुझावलाई तत्कालै सम्वोधन गर्ने, संस्थाले अहिले गरेका राम्रा कामलाई निरन्तरता दिने योजना समेटिएका छन् । त्यस्तै व्यवसायिक सुरक्षाको लागि फेकन व्यवसायी कल्याणकारी कोषको स्थापना गरी अप्ठेरोमा परेका व्यवसायीलाई सहयोग गर्ने, फेकन सदस्यहरुको कार्यालय र व्यक्तिगत विमाको व्यवस्था गर्ने, फेकनको दायित्व र भूमिकालाई फराकिलो बनाउँदै विदेशी विद्यार्थीलाई नेपाल अध्ययन गर्न ल्याउने पहल गर्ने, कोरोनाका कारण प्रभावित व्यवसायीलाई व्यवसायिक प्रमाणपत्र राखेर राज्यसँग ५ देखि १० लाख रुपैंयाँसम्मको सहुलियत ऋण सुविधाका लागि राष्ट्र बैंकसँग पहल गर्ने पनि योजना अघि सारेको छ ।
नेपालले समयमा नै नेतृत्व हस्तान्तरण गर्ने पनि प्रतिबद्धता जनाएका छन् । २०६५ सालमा स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ । उपाध्यक्षमा प्रज्योल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपिन केसी, सचिवमा पृथ्वीबहादुर चन्द, र अमित खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा अनिल शर्मा पौड्याल, र सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दीपा लामिछाने र सुदेश पोखरेलले उम्मेदवारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु