दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आज काठमाडौं आइपुग्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते, आईतवार ८:४९

काठमाडौँ । कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ। सेरम इन्स्टिट्युट अफ इन्डियाबाट उत्पादिन १० लाख डोज खोप कोभिसिल्ड खोप नेपाल ल्याउन लागिएको हो ।

खोप आज दिउँसो १:३० को एयर इन्डिया विमानमार्फत काठमाडौं ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा भण्डारण गरिनेछ ।

उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइनेछ । मन्त्रालयका अनुसार खोप अभियानको लागि उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

नेपाल सरकारले कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागि गरेको सम्झौताअनुसार १० लाख डोज खोप नेपाल ल्याउन लागिएको हो । यसअघि नेपालले यही खोप भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु