दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पाटनमा फाल्गुण २१ देखी मच्छिन्द्रनाथ धार्मिक महोत्सव शुरु हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते, बुधबार ९:२८

ललितपुर, १९ फाल्गुण- मच्छिन्द्रनाथ धार्मिक महोत्सव फाल्गुण २१ देखी शुरु हुँदैछ । मंगलबार पाटन स्थित मच्छिन्द्र बहालमा पत्रकार सम्मेलन आयोजना गरि सो धार्मिक महोत्सव बारे जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा जनाइए अनुसार महोत्सव २८ गतेसम्म जारी रहनेछ ।

उक्त पत्रकार सम्मेलन माझ बोल्दै महोत्सव आयोजना समितीका प्रमुख सल्लाहकार पुष्परत्न शाक्यले बौद्ध र हिन्दु दुवै धर्मको सामित्यता हुनुपर्छ भन्ने मान्यताका साथ मच्छिन्द्रनाथ धार्मिक महोत्सव हुन लागेको जानकारी दिदै आलौकिक सांस्कृतिक धरोहर मच्छिन्द्रनाथको महिमा अपरम्पार रहेको बताए । आम- सुख, शान्ती, आनन्द र सहिस्णुताका लागि पनि महोत्सवको आयोजना गरिएको उनले उल्लेख गरे । साथै, कार्यक्रम मन्दिर क्षेत्र व्यवस्थापन, धार्मिक जागरुकता, कोभिड महामारीबाट मृत्‍युवरण गर्नेहरुको आत्माको चिर शान्तीको कामना र संक्रमितको सु स्वास्थ्यको कामना सहित गर्न लागिएको पनि उनले स्पस्ट पारे ।

त्यसो त प्रमुख सल्लाहकार शाक्यले उक्त महोत्सवबाट संकलन हुने सम्पूर्ण रकम मन्दिरको अक्षयकोषमा जम्मा हुने र संकलित रकमबाट मच्छिन्द्रनाथ मन्दिरको संरक्षण, विकास तथा वातावरण सुधारमा लगानी गर्ने योजना रहेको पनि उल्लेख गरे ।

त्यसैगरि महोत्सव आयोजक कमिटीकी अध्यक्ष शुभद्रा श्रेष्ठले शिवरात्रीमा पशुपतीनाथले मच्छिन्द्रनाथबाट मुकुट धारण गर्ने
भएकाले पनि मच्छिन्द्रनाथको धार्मिक महत्वलाई उजागर गर्नुपर्नमा जोड दिदै उक्त महोत्सवमा लाग्ने खर्च व्यक्तिगत रुपमा आँफैले व्यहोर्ने समेत उल्लेख गरिन ।

सो महोत्सव १००० कलश यात्रा सहित नगर परिक्रमा गरे पस्चात संस्कृतीविद् सत्यमोहन जोशीले महोत्सवको उद्धघाटन गर्ने तय गरिएको छ भने बाल व्यास आचार्य सागरजी महाराजबाट प्रवचन, बौद्ध एवम हिन्दू धर्म गुरुहरुबाट संगितमय धार्मिक प्रवचन हुने पनि सो अवसर माझ जानकारी दिइयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु