दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाढीपीडितलाई राहत दिन राष्ट्रिय जनमोर्चाले माग्यो सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १९ गते, मंगलवार १४:३२

काठमाडौं- राष्ट्रिय जनमोर्चाले वर्षा याममा बाढीपहिरो पीडितलाई राहत वितरणका लागि सहयोग संकलन सुरु गरेको छ । उक्त पार्टीले आफ्नै विपद व्यवस्थापन कोष निर्माण गरी देश विदेशबाट सहयोग आहृवान गरेको हो ।

वर्षायाममा नेपालमा बाढी पहिरोबाट धेरै नै क्षति पुग्ने सम्भावना रहेको भन्दै जनमोर्चाले सहयोग संकलन अभियान सुरु गरेको हो ।

‘आगामी वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि पनि हामीले देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी शीघ्र हाम्रो पार्टीको कार्यालयमा पठाउन अनुरोध गर्दछौ’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत वर्ष पनि देशभित्र र बाहिरबाट संकलित रकम ८१ लाख रुपैयाँको राहत वितरण गरिएको भन्दै जनमोर्चाले यसवर्ष कोषमा जतिसक्दो छिटो बढी भन्दा बढी रकम पठाउन अपिल गरेको छ ।

ुवर्षा बढ्नुका साथै त्यसरी जनधनको धेरै नै क्षति पुग्ने सम्भावना छ । त्यसरी देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछु जनमोर्चाले भनेको छ ।

बाढी पहिरोको प्रकोप सुरु भएको भन्दै जनमोर्चाले क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु