दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा सुवेदीको उम्मेद्ववारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते, बुधबार १३:१६

काठमाडौं, १९ फाल्गुण-गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को आसन्न निर्वाचनका लागि कृष्णबहादुर सुवेदीले अध्यक्ष पदमा दाबी पेश गर्दै उम्मेद्ववारी घोषणा गरेका छन्।
भिटोफको २४ औं साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुन लागेमा सुवेदीले नेतृत्वका आफ्नो उम्मेद्ववारी घोषणा गरेका हुन । चैत्र २० गतेका लागि भिटोफको निर्वाचन मिती तोकिएको छ
यसअघि भदौ २५ का लागि तय गरिएको साधारण सभा कोरोना महामारीका कारण स्थगन भएको थियो।

कोरोनाले थला परेको ग्रामीण पर्यटनलाई टेवा दिने उदेश्यले आफुले उम्मेदवारी दिन लागेको आकांक्षी सुवेदीले बताएका छन्। ‘कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्नलाई मैले उम्मेद्वारको घोषणा गरेको हुँ,’ सुवेदीले भने।

‘पुराना होमस्टेको बजारीकरण, नयाँ ग्रामिण पर्यटकीय गन्तब्यको खोजी एवम् प्रवर्द्धन र आवश्यक तालिमका लागि सहजीकरण गर्ने मेरो मुल लक्ष्य छ’ सुवेदीले आफ्नो दाबी पेश गर्दै भने ।

आफ्नो नेतृत्वमा भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि उनले औल्याए ।

को हुन सुवेदी ?

धादिङज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ मुल थलो रहेका ३४ वर्षे सुवेदी युवा पर्यटन व्यवसायी हुन्। उनी विगत दुई दशक देखी पर्यटन व्यवसायमा आवद्ध छन् । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक रहेका सुवेदीले भिटोफ नेपालको सह-कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु