दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश, सभापति देउवाद्धारा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते, बिहीबार १५:२७

काठमाडौँ, २० फागुन । रसुवामा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेको लहर बढेको छ । नेपाली काँग्रेस रसुवाका प्रतिनिधी सभा सदस्य इञ्जिनीयर मोहन आचार्यको सक्रियतामा रसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेशको लहर बढेको हो ।

पार्टी प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी रसुवाका अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपा महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेपाल कम्युनिष्ट पार्टी रसुवा जिल्ला कार्यसमिति सदस्यद्धय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङ, नेकपा गाउँ कमिटि सचिव दावा तेन्जेङ लामा, नेकपा वडा संयोजक पेम्बा धार्के मेघी रहेका छन् ।

यस्तै, नेकपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सचिव पेम्बा छेदेन तामाङ, जनता समाजवादी पार्टी रसुवाका कार्यवाहक अध्यक्ष यब्दी तामाङ, जसपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सदस्य नेमा छिरिङ थोक्रा, जसपा जिल्ला समिति सदस्य सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, निमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङ, स्थानीय बुद्धिजीवी प्राध्यापक शङ्कर अधिकारी प्रवेश गरेका छन् ।

यसैगरी, स्थानीय समाजसेवी पेम्बा डिन्डुप तामाङ, केसाङ तामाङ, हरि लामा, निमा छिरिङ तामाङ, दावा वाङ्दी तामाङ, नेपाल लोकतान्त्रिक यातायात समितिका जिल्ला अध्यक्ष प्रदीप खड्का, लाप्पा तामाङ र दावा छोमु तामाङलगायत प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र रसुवाबाट प्रतिनिधी सभामा विजयी सांसद मोहन आचार्यले स्वागत गर्नुभएको थियो ।

यसअघि विस २०७५ फागुन १३ गते रसुवामा भव्य कार्यक्रमको आयोजना गरि तत्कालिन नयाँ शक्ति पार्टीका जिम्मेवार नेता तथा कार्यकर्तालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, युवा नेताद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराउनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु