दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टर्कि पारखीको लागि उत्कृष्ट रोजाई बन्दै खाँडादेवी फूडल्याण्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ३ गते, मंगलवार ९:०४

काठमाडौ। राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्ड टर्कि पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ ।

आफनै उत्पादनका टर्कीका अनेक परिकारहरु पस्किएसँगै खाँडादेवी फूडल्याण्ड धेरैको रोजाईमा पर्न सफल भएको हो । टर्कीको मासुमा चिल्लो पदार्थको मात्रा कम हुने हुँदा उच्च रक्तचाप,मधुमेह,यूरिक एसिड भएका मानिसलाई बढी फाइदा हुने गर्दछ ।

फूडल्याण्ड टर्कीका सेकुवा,विभिन्न थरीका मम,तास,रोस्ट,बगर,खाजा सेट,थाली खाना, पिजा,चिल्ली,पोलेको,वोइल,साधैको,सुप,चाउमिन लगाएत नेपाली,चाइनिज,कन्टिनेन्टल तथा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न“खाँडादेवी फूडल्याण्डमा”स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ।

हामीले ग्राहकहरुको चहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्य समेत रहेको २० बर्ष देखी नेपाल लगाएत विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरिरहेका एजुकेटिभ सेफ गोपि थापाले बताउनु भयो ।

मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस“खाँडादेवी फूडल्याण्डमा “बार”सहित पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।

खाँडादेवी फुडल्याण्डमा कुनै पनि किसिमको पार्टी,गीति एल्बम बिमोचन,लोकार्पण,चलचित्रहरु शुभ मुहर्त,पत्रकार सम्मेलन बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।

पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको संचालक रमेश केसीले जानकारी दिए। खाँडादेवी फूडल्याण्डमा प्रत्यक्ष रुपमा १७जनाले रोजगारीको समेत अवसर पाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु