दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मावली दिदी’ लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ५ गते, बिहीबार २०:३०

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, कथाकार ढकालकी आमा लक्ष्मी अधिकारी, पति नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकाल, पुत्र विप्लव ढकाल ‘विपु’लगायतले लोकार्पण गर्नुभयो ।
लोकार्पणपश्चात् बोल्दै प्रमुख अतिथि कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील र सिद्धहस्त साहित्यकार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “मावली दिदीभित्र समाविष्ट विन्दुजीका कथाहरूमा समाजका विविध पक्ष मिहीन ढङ्गबाट प्रतिबिम्वित भएका छन् । एउटा पठनीय कृतिका रूपमा मावली दिदी आएको छ ।”
प्रज्ञा–प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहनुभएकी वरिष्ठ कथाकार प्राज्ञ ठकुरीले मावली दिदी हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताउँदै कथासङ्ग्रहभित्रका सबै कथाहरूले पाठकलाई तान्ने दाबी गर्नुभयो ।
लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. यज्ञश्वर निरौलाले सङ्ग्रहभित्रका सबै कथाहरू पठनीय रहेको उल्लेख गर्नुभयो । उहाँले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गर्नुभएको बताउनुभयो ।
धनकुटाको चुङमाङमा जन्मिनुभएकी कथाकार विन्दु अधिकारी ढकालको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु