दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते, मंगलवार १७:२४

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने
चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा आफूलाई उभ्याउन
लागिपरेका छन् अभिनेता शेखर सुवेदी । फेशन शोबाट चलचित्र क्षेत्रमा
छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन्। गाजाबाजा, निर्भय, चीँ मुसी चीँ
लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी
ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा
बस्नुपर्नेमा जोड दिन्छन्। केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि
सुवेदी मुख्य भूमिकामा देखिएका छैनन् ।

हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन
रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने विश्वास
अभिनेता सुवेदीको छ। ‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन
चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्कै बाटोबाट सम्झौता
गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार
छनोट हुने विश्वासमा छु’ सुवेदीले भने ।

अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार आफू फिट
रहेको उनको दाबी छ। ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र
अभिनय छ भन्ने मलाई लागेको छ’ ।

उनले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार
खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने
आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु