दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महानायक राजेश हमाल अभिनित ‘मेरो देश’ बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २ गते, बिहीबार १३:२७

बैशाख २, काठमाडौं। टि.आर पंगेलीको शब्द एवम् नरहरी प्रेमीको संगितमा गायक रामकृष्ण ढकालको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ ।म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई राज कुमारको निर्देशन एवम् राजकुमार दर्जीले कोरियोग्राफी गरेका हुन्।

राष्ट्रभक्तिको सद्भाव जगाउने यस गितमा महानायक राजेश हमालको मुख्य भुमिका रहेको रहेको छ भने गितमा नरहरी प्रेमी,नेपाली सेनाका क्यापटन डि.यन श्रेष्ठ विशेष भुमिकामा देखिनुको साथै बसन्तराज रिजाल,नवराज पौडेल,निना बुढाथोकी,जगदीश अधिकारी,लायल लम्साल,आदर्श बानियाँ लगाएत कलाकारको अभिनय संगै नेपाली सेनाहरु लाई पनि देख्न सकिन्छ। यसै गित मार्फत बाल कलाकार लायल लम्साल डेबियु गरेका छन्।

सार्वजनिक भएको अंग्रजी सबटाइटल भएको गितको भिडियोलाई अजय रेग्मीले छायांकन एवम् राज कुमारले सम्पादन गरेका छन् । गीतमा कमल सौरागको एरेन्ज रहेको छ भने उक्त गीतलाई सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् भने भिडियोको निर्माण संयोजक समिर नेपालले गरेका हुन्। हेर्नुहोस् गितको पूरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु