दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पर्यटन व्यवसायी रामकुमार तामाङकाे “ट्रेकिङका सम्झनाहरु” विमाेचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ४ गते, शनिबार ८:१९

बैशाख ३,काठमाडौं ।पर्यटन व्यवसायी तथा समाजसेवी रत्न कुमार तामाङ (रामकुमार)को करीब पाँच दशक लामाे पर्यटन क्षेत्रकाे अनुभव समेटिएको पुस्तक “ट्रेकिङका सम्झनाहरु” विमाेचन गरिएको छ ।

शुक्रबार तामाङ सेवा केन्द्र नेपालको आयोजना तामाङ सेवा केन्द्र नेपालको सभाहलमा केन्द्र अध्यक्ष अम्बर बम्जन तामाङको सभापतित्व तथा पुर्ब कानून मन्त्री तथा संघीय सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा पुस्तकको बिमोचन भब्य सभ्य तरिकाले सम्पन्न भयो ।

मणि तामाङले सम्पादन गरेका बिमोचन पुस्तकलाई लेखक तामाङले दुई खण्डमा बिभाजन गरेका छन।पहिलो खण्डमा जीवनका भोगाइ आफुलाई नजिक बाट चिन्न जिवनका भोगाइहरूबाट केहि जान्न यो पुस्तक उपयोगी हुने छ।दोस्रो खण्डमा हिमालय क्षेत्रको पदयात्रामा करीब पाँच दशक लामाे तीतामीठाअनुभव समेटिएको छ।

कार्यक्रममा बिमोचीत पुस्तकबारेमा अतिथिहरूले पुस्तकले दिन खोजेको संदेशका बिषयमा पदयात्रा पर्यटनको प्रवद्र्धनका साथै पदयात्रा सामग्रीको चिनारी सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखदै लेखक रत्न कुमार तामाङलाई बधाई,सफलताको शुभकामना दिदै पुस्तकको बिशेश चर्चा गरे ।

कार्यक्रममा पर्यटन संघसंस्थाका प्रमुखहरू व्यवसायी,तामाङ सेवा केन्द्र नेपाल पदाधिकारी लगायतको दर्जनौ अतिथि हरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु