दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. सुन्दरमणि दिक्षित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ५ गते, आईतवार ७:१३

काठमाडौं, ४ बैशाख । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सिमा नाका बन्द गर्नुपर्ने बताएका छन् । उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आईसोलेशन र क्वारेन्टिनको व्यवस्थापनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताए । उनले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भने,‘अहिले जात्रा र पर्व मनाउने बेला होईन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उनले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन् ।’

उनले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदैपनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाएका छन् । उनले भने,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उनले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिए । उनले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाए । उनले भने,‘भारतले पनि दिन सकेको छैन् । अरु देशले पनि दिन सकिरहेका छैनन् । नेपाल सरकारले अब जहाँबाट भएपनि किनेर ल्याउनुपर्छ । सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्छ ।’

उनले कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पोखे । उनले भने,‘अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच नै अन्तरविरोध छ, यो बेलामा उनीहरुबीच समन्वयकारी हुनुपर्दथ्यो । यो मिलाउने काम क्याविनेटको हो । यसमा प्रधानमन्त्रीले तत्काल साझा निर्णय गर्न निर्देशन दिनुपर्छ ।’ उनले अब परीक्षणको दायरा बढाउनुपर्ने, भेन्टिलेटर, अक्सिजन, आईसियुको उचित व्यवस्थापन गर्नुपर्ने पनि भनाई राखे ।

डा. दिक्षितले अहिले जुन जुन विद्यालयमा संक्रमणको जोखिम छ, ती विद्यालयहरु तत्काल बन्द गर्नुपर्ने बताए । र, पठनपाठन भने वैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्नेमा उनले जोड दिए । उनले विज्ञहरुको सल्लाह र सुझावअनुसार विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णयमा पुग्नुपर्ने बताए । उनले अब कोरोनाको यो दोस्रो लहरलाई कसरी सामना गर्ने भन्नेबारे नेपाल सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने माग गरे । उनले अब जनता सेल्फ लकडाउनमा बस्नुपर्ने र अनुशासित हुनुपर्ने पनि सुझाव दिए ।

समचार,तस्बिर रिपोर्टस क्लब

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु