दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो टाईम्स मिडिया द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ११ गते, शनिबार २१:३५

चितवन । सूचना समाचार एवं विज्ञापन प्रसारण तथा वितरण गर्दै आएकोे उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि.ले नयांँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मिडीयाका अध्यक्ष,व्यवस्थापक तथा निर्देशकहरु तथा सुभेच्छुकहरु बीचशुभकामना आदानप्रदान गरेको हो ।
सो अवसरमा बोल्दै उज्यालो टाइम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले कोरोनाक कहर बीच पनि
मिडीयाले सामाजिक उत्तरदायित्व निभाउन विमुख नभएको भन्दै खुशी व्यक्त गर्नुभयो । सबैक्षेत्रको खम्बा मिडीया भएकोले यसको संरक्षण र प्रर्वद्धन गर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।सो अवसरमा श्रेष्ठले मिडीयाको स्थापनाको अवस्था र वर्तमान अवस्था बारे जानकारी दिनुभएको थियो ।
शुभकामना कार्यक्रममा बोल्दै निर्देशक पुष्प श्रेष्ठले आफू उज्यालो टाइम्समा जोडिएपछि यहांँको व्यवस्थापन पक्ष र मिडीयाको काम प्रति सन्तुष्ट रहेको बताउनु भयो ।
उज्यालो टाइम्सका अर्का निर्देशक डोलबहादुर कार्की (अविनाश)ले उज्यालो टाइम्सको टीममा जोडिएर काम गर्न पाउंँदा निकै खुशी लागेको भन्दै टीमको काम प्रति उच्च प्रशंसा गर्नुभयो ।
ं शुभकामना कार्यक्रममा ग्रेट एफ.एम.का अध्यक्ष रामेश्वर रिजालले उज्यालो टाईम्सले चितवनमा रहेर सूचना समाचारको विषयमा उल्लेखनीय काम गरेको भन्दै आगामी दिनमा मिडियाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । मिडियाको क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरुको प्रशंसा समेत गर्नुभएको थियो । सो अवसरमा उहाँले निर्देशक द्धय श्रेष्ठ र कार्कीको सफल कार्यकालको लागि शुभकामना समेत दिनुभयो ।े
उज्यालो टाइम्सका अध्यक्ष राजु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा यस संस्थामा रहेर मिडियालाई माथि उकास्न र निरन्तरता दिन योगदान दिने संस्थाका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको थियो । अध्यक्ष भट्टले मिडिया स्थापनाको अवस्था, चुनौति र अबको भावी योजना सहित स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई निर्देशक डोलबहादुर कार्की (अविनाश)ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु