
देब कुमारी पराजुली काठमाडौं ।
त्यति बेला देखि यति बेला सम्म कैयौ दिन रात बितेका छन्। मान्छेको जिन्दगीको उथल पुथल मात्र होइन प्रकृति र बस्तु बनावट पनि अलि फरक बनेको छ। समय हिज र आज गर्दै भोलीको परिकल्पनामा बितिरहेछ। तर बिर्सनै नसकिने क्षणहरुले झस्काई रहने भनेको प्रत्यक्ष भोगेर मात्र होईन त्यसको नकारात्मक असरमा परेकाहरुलाई अत्यधिक हुने रहेछ। हिजो धरहरा ठडियो, यो बिचमा धेरैका ढलेका घर ठडिए तर त्यहि भुकम्प संगै धरहराबाट टुक्रीएका घाइतेको ज़िन्दगी ठडिन सकेन।

केहि दिन देखि मेरो मनमा बेचैनी बढिरहेको थियो। छ वर्ष अगाडीको महाभुकम्पको दिन नजिकिदै गर्दा यहाँ शहर भरि धरहराको खुबै चर्चा थियो। कसरी उद्घाटन हुन्छ र पुरै लुगा लगाएको धरहरा खोलीदा कस्तो रुपमा आउछ भन्ने समाचार यत्र तत्र थियो तर त्यहि धरहरा संगै ढलेका जिउदा तर टुटेका जिउहरुको कसैलाई वास्ता थिएन। मर्नेहरुमा श्रद्धांजलिका दुई शब्द र दौडनेहरुलाई तिमी बाचेकोमा बधाई बाहेक त्यहिबाट टुक्रिएकाहरुलाई जोड्ने प्रयास गरेको भए पनि हुने नि भन्ने मेरो मनमा लागीरहन्छ।
दुई दिन अधि तत्काल धरहराको टुप्पोबाट धरहरा संगै तल झरेकि बैनी दानी थापा संग म कुरा गर्दै थिए। दुई बर्षकि छोरी काखमा लिएर आफ्नी बैनी र ज्वाई संगै काठ्मान्डौ हेर्न धरहराको टुप्पामा पुगेकी दानी आफु ब्युझदा हस्पीटलको बेडमा थिईन। उनले थाहा पाउदा बैनी र ज्वाई संगै अनन्त यात्रामा गैसकेका थिए भने छोरी हराई रहेकी थिईन, दानीको आफ्नै एउटा खुट्टाले पनि उनलाई छोडेर गयो। छोरी केहि दिन पछि भेटिईन अनन्त यात्रामा गएका बैनी ज्वाई आज सम्म फर्केर आएका छैनन्।आउने आशा त होईन नै तर त्यो चोट उनको आखाबाट बगीरहेको देखेर मैले धरहरा बनेको खुशी पढ्न लेख्न र मुस्कुराउन सकिन।

मर्ने त मरेर गए बाच्नेहरु मध्ये धरहराबाटै खसेर धाइते हुनेहरु अझ दीर्घकालिक घाइते अपागंता हुनेहरु धेरै छैनन्। त्यसको पनि खोजी गरेर धरहरा संगै उठाउने प्रयास गरेको भए हुनेनी सरकारले। इतिहास वस्तुको मात्र होइन व्याक्तिको पनि हुन्छ। टुक्रिएको धरहरा संगै टुटेका जिन्दगी पनि उठाउन र संझन पाए व्याक्तिको ईतिहास सुरक्षित राखेर सन्ततिले जान्न पाउथे। हुन त धरहरा मात्र ठडियो थुप्रै कुरा बन्न बनाउन बाकि छ त्यो बाकि मा यि व्याक्ति पनि समेटिउन भन्ने अनुरोध गर्न मात्र सकिन्छ। समेट्ने ठाउमा भोगेका मान्छे छैनन हामी अनुरोध मात्र गर्न सक्छौ।
आज त्यहि दिनको स्मरण गर्न चाहन्छु,
मर्नेहरु मरेर गए,बाच्नेहरुको पिडा साट्नु छ
घाइतेहरुको घाउ नसके पनि दुखाई बाड्नु छ।
दर्द र पिडा कै इतिहास पनि खुशी संग जोगाउनु छ।
टुक्रिएका जिन्दगीबाट जिवन फुलाउनु छ।
धरहरा जस्तै गर्वले यि र यि जस्तै सबैको जिन्दगी ठड्याउनु छ।


