दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म वाइसौँ शताव्दीको आधुनिक मान्छे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख १५ गते, बुधबार २२:१३

म वाइसौँ शताव्दीको आधुनिक मान्छे
पूर्खाको इतिहास संगाल्दै
आधुकितामा रमाउन खोज्ने
साँच्चै भन्नेहो भने
सय लाई पन्छाएर
तीन पुरा गरेर चारमा टेक्दै गरेकी
ठूलो इच्छा र आकांक्षा नभएको
स–साना खुसिमै रमाउन सक्ने
अझै लेख पढ गर्ने
सकेसम्म आफ्नो काम अरुलाई नदिने
मेरी आमा जस्तै ।

उमेर किन ढाँट्नु
केटि भए पो बुढि भै भन्लान् की भन्ने डर
अव बिहे गर्नु छैन
सन्तान हुकिैए
अव के लुकाउनु के देखाउनु
नागरिकता भन्दा दुईवर्ष जेठो मान्छे ले
तर यसलाई कसैले नैराश्यता नसम्झिए हुन्छ
अझैसम्म वाइस तेइसका ले नआँटे हुन्छ ।

जिन्दगीको दोवाटो सम्म आइपुग्दा
कति रहर पुरा भए
कति रहर मारियो
नेपाल अव पाँच ठाउँ मात्र बाँकि छ
पुरै घुम्ने रहर वाँकी नै छ
दुःख सुख सवै
अनुभव गर्ने कुरो हो ।

साच्चै भन्ने हो भने
जिन्दगी संग कुनै गुनोसो छैन
आज सम्म समयले हराउन सकेन
ठूलो पदमा पुगेको
थुप्रै रहर संगालेको
धेरै कामाउने रहर वोकेको भए शत्रु हुन्थे
चारैतिर मित्रहरु मात्र छन् ।

यो जिन्दगीले मलाइ
कसै संग माग्न सिकाएन
वाँड्नमै रमाउन सिकायो
त्यसैले हुनुपर्छ शायद
कसैको अगाडि
शिर निहुराउन पनि परेको छैन ।

— आर्यालय

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु