दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना लकडाउनले पर्यटन व्यवसाय ध्वस्त भएको छ– गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख १७ गते, शुक्रबार १०:५९

काठमाडौं । पर्यटन व्यवसायी अच्युत गुरुङले कोरोना र लकडाउनका कारण पर्यटन व्यवसायमा ठूलो समस्या परेको बताएका छन् । उनले पछिल्लो समयमा अलिकति सुधार हुँदै आएको व्यवसायमा थप संकट परेको उनको भनाई छ ।,
काठमाडौंको ठमेलमा रेस्टुरेन्ट,Alchemy pizzeria ,Himalayan trailfinder नगरकोटमा होटल चलाउँदै आएका उनले लकडाउनका कारण संकटमा परेको व्यवसायीलाई सरकारले राहत उपलब्ध गराउने भने पनि कार्यान्वयन नभएकोमा पनि दुखेसो गरेका छन् ।‘सरकारले गर्दिन त केही भनेको छैन तर परिणाममा मात्र देखिएको छैन, कि त व्यवसाय बन्द गर्नुपरो हामीले कि त अरु नै विकल्प खोज्नुपर्ने भएको छ’ लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका उनले भने ‘राजनीतिक पहुँच भएकाले र माथिसम्म ‘सेटिङ’ मिलाउन जान्नेले केही पाए होला तर हाम्रो बिजोग भएको छ ।’ उनले पर्यटनका लागि गर्छु भन्ने संघसंस्थाहरु पनि यो बेलामा जिम्मेवार नभएको पनि आरोप लगाए ।
ठमेलमा आर्टमाण्डु गाडेन कयाफे चलाउँदै आएका उनले भूकम्पपछि संकटमा परेको पर्यटन व्यवसाय माथि उठ्न नसकेको स्पष्ट पारे । उनले पर्यटकका लागि आकर्षक प्याकेज पनि दिन नसकिएको र सरकारले त्यसतर्फ योजना पनि ल्याउन नसकेको उनको बुझाई छ । ‘केही हामीमा पनि समस्या छ, पर्यटक भन्नेबित्तिकै ठग्न पाइन्छ भन्ने सोच्नु गलत हो ’ उनले थपे ‘ पर्यटकलाई हामीले नयाँ कुरा दिएर उनीहरुको चित्त बुझाएर आम्दानी गर्ने हो तर देख्नेबित्तिकै झम्टिहाल्ने प्रथा गलत छ ।’


पर्यटनको सिलसिलामा विभिन्न देश घुमेर त्यहाँको अनुभव पनि संगालेका उनले यो क्षेत्रको सुधारका लागि सरकारले प्रष्ट नीति ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । ‘नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्न सरकारले सकेको छैन, हामीजस्तो जानेका र बुझेकालाई काम गर्न दिए पनि बरु केही गरेर देखाउँथ्यौं’ उनले भने ‘हामीसँग भएको बुद्धि, स्रोत र साधनलाई सही प्रयोग गरेको खण्डमा पनि पर्यटनमा परिवर्तन गर्न सकिन्छ तर त्यस्तो सोच देखिएन ।’
उनले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिनुपर्ने बताएका छन् । उनले वर्तमान समस्याको समाधानका लागि सरकार र सरोकारवाला पक्षबीच सम्वाद र सहकार्य गर्नुपर्ने खाँचो औल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु