दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महामारीको दोस्रो लहरमा बालबालिका तथा युवा बढी प्रभावित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २० गते, सोमबार ७:२९

काठमाडौं, बैशाख २० । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर र एन्टिजेन विधिद्वारा परीक्षण गरिएका कुल १६ हजार ७ सय ७० नमुनामध्ये झन्डै त्रिचालीस प्रतिशतमा संक्रमण देखिएको छ। यो संक्रमण दर (पोजेटिभिटी रेट) एक दिनअघि ४० प्रतिशत थियो।

महामारीको फैलावटको हिसाबले यो अत्यन्त उच्च संक्रमण दर हो। विश्व स्वास्थ्य संगठनले मे २०२० मा तोकेको मापदण्डअनुसार कुनै पनि देशमा ५ प्रतिशतभन्दा कम पोजेटिभिटी रेट भएमा महामारी नियन्त्रणभित्रै रहेको मानिन्छ। यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ । बाँकेमा मात्रै सातजनाको मृत्यु भएको नेपालगन्जस्थित नागरिककर्मीले जनाएका छन्।

यीसमेत कोरोना महामारीका कारण नेपालमा कुल तीन हजार सय २५ जनाको मृत्यु भएको छ । महामारीको दोस्रो लहरमा बालबालिका तथा युवा बढी प्रभावित देखिएका छन्। पछिल्लो २४ घण्टामा ६ सय तेईस बालबालिकामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार ९ वर्षमुनिका १ सय ६६ र १० देखि १९ वर्षका ४ सय ५७ बालबालिकामा संक्रमण देखिएको हो। यसैगरी यही अवधिमा २० देखि ३९ वर्ष उमेर समुहका तीन हजार ५ सय ७६ जनामा संक्रमण देखिएको छ। विगत २४ घण्टामा देखिएका कुल संक्रमितमध्ये यो झन्डै ५० प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५ सय ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नागरिक दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु