दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एमालेको वडा कमिटीले बाँड्यो मास्क र साबुन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २९ गते, बुधबार ९:५०

काठमाडौं । नेकपा एमालेको काठमाडौं वडा नम्वर ३० को कमिटीले मास्क र साबुन वितरण गरेको छ ।
वडा कमिटी अध्यक्ष मुरारीमोहन जोशीले तीन दिनसम्म लगाएर मास्क र साबुन बाँडिएको बताए । उनले आवश्यकता अनुसार फेरि पनि वितरण गर्ने स्पष्ट पारेका छन् । जिल्ला कमिटी सदस्य राधा दाहालले कोरोना भाइरसको संक्रमण बढ्दै गरेकाले त्यसबाट सुरक्षित रहन आग्रह गर्दै मास्क र साबुन वितरण गरिएको जनाइन् । उनले मैतिदेवी, धोविधारा र डिल्लीबजारको सडकमा बसेर ती सामग्री बाँडिएको बताइन् ।
पार्टीको वडा कमिटी सदस्य राजुभाई बज्राचार्यले संक्रमण बढ्दै गएकाले केही दिन कार्यक्रम स्थगन गर्ने सल्लाह भएको जनाए । उनले आफूहरुको सानो सहयोगले कसैको जीवन बचाउन सकिन्छ कि भनेर अभियान चलाएकोमा जोड दिए । वडाकै स्थानीय वासिन्दासमेत रहेका सामाजिक अभियन्ता राधेश्याम मिश्रले सबैको समन्वयमा कोरोना नियन्त्रण गर्न सकिने भएकाले कार्यक्रममा आफू पनि सहभागी भएको स्पष्ट पारे । मिश्रले कोरोना नियन्त्रणका लागि सबै नागरिक सचेत हुनुपर्ने र आफ्नो ठाउँबाट पनि केही सहयोग गर्ने र जनचेतना फैलाउने काममा लागिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु