दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते, बिहीबार १४:१०

हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार रामबहादुर थापा बादल । उनको सचिवालयले सामाजिक सञ्जालमा छाता ओढेर मतदानस्थल जाँदै गरेका तस्विर सार्वजनिक गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । बादलसँग चुनावी मुख्य प्रतिष्पर्धामा डा. खिमलाल देवकोटा रहेका छन्। बादल र देवकोटासँगै नेमकिपाबाट कृष्णबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् । मतदान आज दिउँसो सवा ३ बजेसम्म जारी रहने जनाईएको छ । र,मतगणना आजै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु