दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते, बिहीबार १९:१४

नेपाल–भारत मैत्री अस्पतालमा १५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा ल्याइएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा आजदेखि अस्पतालमा कोभिड श्यया सञ्चालनमा ल्याइएको हो ।

लायन्स क्लब अफ काठमाडौँका सदस्य विवेक शर्माले दुई हाईफ्लो मेसिन र छ बाईप्याप् मेसिन सहित कोभिड एचडियु वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “गरिब तथा विपन्न बिरामीलाई निःशुल्क रुपमा सेवा प्रदान गर्नका लागि मेसिन प्रदान गरेका हौँ ।” उहाँले भन्नुभयो । आगामी दिनमा जीवन रक्षक उपकरण प्रदान गर्दै जाने सो क्लबले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले अस्पतालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा कोरोना बिरामीको उपचार गरिरहेको बताउनुभयो । सोही क्लबले एक हप्ता अगाडि सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार समेत थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीयाको नेतृत्वमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बूमा कार्यरत डा रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गर्नुभएको हो । सेन्टरले कोभिड बिरामीको रगत परीक्षणका आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा दैनिक ५० देखि ८० सङ्क्रमितले सेवा लिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु