दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नायिका आना ढकालको अभिनय रहेको “फुल काडा ” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते, बुधबार २०:५६

काठमाडौँ। गायक मानसराज र गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।‘फूल काँडा’ बोलको गीतको भिडियोलाई लामो समय नेपालमा कलाकारिता र सञ्चार कर्म गरी हाल अस्ट्रेलियामा रहेका राजु अर्यालले निर्देशन गरेका छन् । निर्देशक अर्यालकै शब्द रहेको गीतमा संगीत मानसराजको रहेको छ ।

आना ढकाल, सुरज पौडेल,उत्सव भट्टराई र राजन कुँवरले भिडियोमा अभिनय गरेका छन् । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘लप्पन छप्पन २’ बाट चलचित्रमा डेब्यु गर्न लागेकी आना ढकालको यस अघि अरु भिडियो पनि सार्वजनिक भई सकेका छन्। जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकार सँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामा कैद गरेका छन् । भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु