दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रमजीविहरुलाई राहत सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते, मंगलवार २०:०८

काठमाडौं। द साल्भेशन आर्मी मिशन नेपालले कोभिड–१९ को महामारीको कारण जारी लकडाउनले गर्दा संकटमा परेका दैनिक ज्यालादारी र श्रमजीवी सञ्चारकर्मीहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। फोटो नखिचिकन राहत सहयोग दिने कार्य भएको हो। द साल्भेशन आर्मी मिशनका कोषाध्यक्ष निशान लोले श्रमजीवी बर्गलाई लक्षित गरेर दैनिक उपभोग्य राहत सामाग्री बितरण गरेको जनाएको छ। मंगलवार पहिलो चरणमा १५घरपरिवारलाई आधारभुत राहत सामाग्री हस्तान्तरण गरेको कोषाध्यक्ष लोले बताए । यसअघि रामेछाप जिल्ला स्थित दोरम्बा अस्पताल र गोकुलगंगा अस्पतालमा ठूलो परिमाणमा स्वास्थ सामाग्री हस्तान्तरण गरिसकेको छ। युद्ध तथा प्राकृतिक कारण हुने गरेको विपदको बेला सेवाको भावनालाई लक्षित गरि स्थापित गरेको द सल्भेशन आर्मी मिशन अन्तर्राष्ट्रिय कल्याणकारी संस्थाका रुपमा परिचीत रहेको छ।
प्रकाशन मिति–२०७८ साल जेठ १८ गते मंगलवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु