दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामाजिक शिक्षा बिषयको एक दिवसिय तालिम कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते, आईतवार ९:०८

काठमाडौं-नेशनल प्याब्सन काठमाडैा जिल्ला समितिको आयेाजना तथा गिनिज पब्लिकेसनको संयोजनमा सामाजिक शिक्षा बिषयमा एक दिवसिय तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल समाज कल्याण परिषद जेष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेशनल प्याब्सनका पुर्ब वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, प्रशिक्षक तथा सामाजिक पाठ्यक्रम डिजाईनर तथा लेखक महेन्द्र बिष्ट तथा दिनेश अर्याल, नेशनल प्याब्सन केन्द्र,प्रदेश,जिल्ला तथा नगरपालिका अध्यक्ष तथा पदाधिकारी, गिनिज पब्लिकेसन्सका अध्यक्ष बिष्णु प्रसाद पौडेल, एन प्याब्सनका काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेत, कार्यक्रम संचालक सचिब अमृत खड्का, सह कोषाध्यक्ष बिनय श्रेष्ठ लगायतको सहभागीतामा ट्रेनिङ् संचालनमा आएको थियो । उक्त तालिममा नेपाल भरबाट २७५ जनाले भाग लिएका थिए । युटयुव लाइफ मार्फत पनि सामाजिक शिक्षा अध्यापकहरु कार्यक्रममा जोडिएका थिए । तालिममा सामाजिक शिक्षाको पाठ्यक्रम, ग्रिड, उदेश्य, कक्षा कृयाकलाप, मुल्यांकन र एकिकृत पाठ्यक्रम बारे सिकाई र छलफल भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु