दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाढि प्रभावितलाइ वाइसिएलको राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ५ गते, शनिबार ७:२०

काठमाण्डौ असार ४ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित बाढि प्रभावित क्षेत्र पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आज मेलम्ची , हेलम्बू चनौटे पुगेका हुन् l

वाइसिएल नेपाल केन्द्रीय समितिले बाढि प्रभाबित क्षेत्र हेलम्बू चनौटे लगायत स्थान पुगी बाढि प्रभाबित बासिन्दालाई खान पकाउने प्रेसरकुकर ,कडाइ, थाल ,कचौरा, जग ,डाडु ,पनियो, थाल सेट लगायत प्रत्यक घरलाई तत्काल आबश्यक सामग्री उपलब्ध गराईएको अध्यक्ष दीपशिखाले जानकारी दिए ।

हिजोमात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाईसियल नेपाल केन्द्रीय समितिले `विपद राहत कोष’ खडा गरेको थियो । उक्त कोष मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भईसकेको वाइसिएलले जनाएको छ । देश तथा विदेशमा रहनुहुने शुभेच्छुकहरुलाई विषम परिस्थितिमा जुध्न एकजुट हुदै सक्ने जति आर्थिक सहयोग गर्न आग्रह गरेको थियो l

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु