दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशकै दोस्रो ठूलो मानवनिर्मित तालमा जेटबोट संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १० गते, बिहीबार १९:०७

काठमाडौं ।सर्लाही जिल्लाको बाग्मती नगरपालिक स्थित देशकै दोस्रो ठूलो मानवनिर्मित तालमा जेटबोट संचालनमा आएको छ।

बागमती पुर्ब पश्चिम राजमार्ग देखि करिव ३ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित ताल हाल भरत तालको नामले प्रसिद्ध नेपालकै पहिलो ३५ सिटे जेटबोट संचालनमा आएको छ। आज एक कार्यक्रम बीच बाग्मती नगरपालिकाका मेयर भरत गौतमले रिवन काटेर औपचारिक रुपमै जेट बोटको शुभाराम्भ गर्नु भएको थियो।

यो जेट नेपालका लागि अहिले सम्मकै आधुनिक र सुरक्षित रहेको बाग्मति ईन्टरटेनमेन्ट प्रा.लीका अध्यक्ष गौतम खड्काले जानकारी दिएका छन् । 

सो मानवनिर्मित भरत तालमा २०७८ साल बैशाख १ गतेदेखि बाग्मती ईन्टरटेनमेन्ट प्रा.लीद्धारा दुईबटा मोटरबोट संचालन गरिएको र हाल नयाँ बोट थपिएको अध्यक्ष खड्काले बताएका छन् । मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय हवका रुपमा चिनिँदै गएको छ । तालमा प्रदेश नम्बर २ को बिभिन्न ठाँउबाट दैनिक हजारौं पर्यटकहरु आउने गरेका छन् ।

बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको एबं सो ताल एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको हो । हाल सम्म ३७ करोड खर्च भैसकेको र कुल ६० करोड लागत लाग्ने यस ताललाई केन्द्रिय,प्रदेश र स्थानिय  तिनै तहको सरकारको सहकार्यमा निर्माण गरिएको यस तालको काम अबको छ महिना भित्र सकिने मेयर थापाले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु