दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इस्ट प्वाइन्ट एकेडेमीलाई नेशनल प्याव्सनको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १९ गते, शनिबार १९:१७

काठमाडौं । सिन्धुपाल्चोकको इस्ट प्वाइन्ट एकेडेमीलाई नेशनल प्याव्सनले सहयोग गरेको छ ।
हेलम्बु–४ मा रहेको बोर्डिङ गत असार ३ गते आएको बाढीले क्षतिग्रस्त भएपछि नेशनल प्याव्सनले विद्यालय सुचारु होस् भनेर ५ लाख २५ हजार रुपिँया सहयोग गरेको नेशनल प्याव्सनले जनाएको छ । यो विद्यालय नेशनल प्याव्सनका सिन्धुपाल्चोक अध्यक्ष दामोदर भारतीले सञ्चालन गर्दै आएका छन् । बाढीले विद्यालयको पूरै सञ्रचना ध्वस्त बनाएको छ, यहाँ ५ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
नेशनल प्याव्सनले केन्द्रीय समिति,काठमाडौैं जिल्ला समिति,काठमाडौ महानगर समितिका साथै अरु समितिबाट सो रकम संकलन गरेको थियो । नेशनल प्याव्सनले विद्यालयमै पुगेर सो रकम हस्तान्तरण गरेको जनाएको छ । सिन्धुपाल्चोकमा असार १, २ र ३ गते आएको बाढीले धेरै भौतिक सञ्रचना क्षतिग्रस्त भएको छ भने नागरिकहरु घरवारविहीन भएका छन् ।





फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु