दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, गठबन्धन कायमै रहन्छ : देवेन्द्र पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण १ गते, शुक्रबार ७:४६

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो संसदले पूर्ण कार्यकाल व्यतित गर्ने दाबी गरेका छन् । उनले भने,‘हामी सांसदले सर्वोच्च अदालतमा ६ घण्टा लामो समय लाईन बसेर हस्ताक्षर सनाखत गरेर देउवाजीलाई प्रधानमन्त्री बनाउन रिट हालेका थियौं । सर्वोच्चले सोहीअनुसार फैसला गरेको हो । राष्ट्रपतिले अत्यन्तै थोरै समय दिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । हामीले समयअगावै दाबी गरेका थियौं ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले कांग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा (एमाले) को माधव कुमार नेपाल समूह,जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धन कायमै रहने पनि दाबी गरे । उनले भने,‘यो गठबन्धन कायमै छ । आज पनि गठबन्धनको बैठक बस्दैछ । माधव नेपालजीहरु यही गठबन्धनमा हुनुहुन्छ । उहाँले गठबन्धनप्रति म ईमानदार छु भन्नुभएको छ ।’ उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने र यो सरकार १६ महिनासम्म नै चल्ने पनि दाबी गरे । उनले अराजकता रोक्ने काम अदालतको फैसलाबाट भएको पनि सुनाए ।

उनले वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसारनै आफूहरु अघि बढ्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेबमोजिम उच्चस्तरीय राजनीति संयन्त्र बनाउन आवश्यक रहेको र यसको सञ्चालन प्रधानमन्त्री देउवाकै समन्वयकारी भूमिका हुने पनि बताए । उनले चुनाव भनेको भाँडाकुटी खेलाउने खेल नभएको र र मजाक नभएको पनि सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु