दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जलवायु परिवर्तनको असरः न्यूनीकरणका लागि काम गर्ने सहमति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ९ गते, शनिबार ८:१९

काठमाडौं, साउन ९ । नेपालमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच नेपालको भूपरिधि तहमा जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक विपत् व्यवस्थापन, वायु प्रदूषणको नियन्त्रणलगायतका विषयमा अध्ययन अनुसन्धान गर्दै समुदायस्तरसम्म काम गर्नका लागि शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको हो ।

डब्लूडब्लूएफका तर्फबाट राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ र इसिमोडका महाप्रबन्धक डा पेमा ग्याम्सोबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको हो ।

डब्लूडब्लूएफले विश्वभरि संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ भने इसिमोडले हिन्दकुश हिमालय क्षेत्रका नेपाल, भारत, पाकिस्तान, चीनलगायतका देशमा काम गर्छ ।

इसिमोडले विज्ञानमा आधारित जलवायु परिवर्तनको पारेको असर र अनुकूलनका लागि अपनाउनुपर्ने उपाय, पानीको स्रोतको अवस्था, जैविक विविधतालगायतका क्षेत्रमा अध्ययन अनुसन्धानका काम गरिरहेको छ ।

पछिल्ला दिनमा नेपालमा बाढी, पहिरो, हिमताल फुट्नेजस्ता जोखिम बढिरहेका बेला यी दुई संस्थाले स्थानीय समुदाय, स्थानीय सरकार र सङ्घीय सरकारसँग मिलेर काम गर्ने योजना बनाएका छन् । गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु