दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अभ्यानी प्रोडक्सनको आयोजनामा मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ३१ गते, आईतवार ९:०१

काठमाडौ ।अभ्यानी प्रोडक्सनको आयोजनामा सुरक्षा मापदण्ड अपनाउंदै मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को ग्राण्ड फिनाले काठमाडौमा समपन्न भएको छ । उक्त आयोजनमा मिस तर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्। त्यसैगरी प्रमिसा सेजुवाल सेकेन्ड रनर अप हुन सफल भएकी छिन्।
मिस्टर तर्फको उपाधि भने सविन निरौलाले जिते, उनले मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोस को उपविधा पनि जित्न सफल भएका छन्। फस्ट रनर अपको उपाधि अपुर्व गौतमले जितै साथै उनले मिस्टर ट्यालेन्ट पनि हात पारेका छन्। त्यसैगरी रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप उपाधि हात पारे र भ्युअर्स च्वाइस अवार्ड पनि जितेका छन्।

प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामांग, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता धोषित भएका छन्।

अभ्यानी प्रोडक्सनको ब्यानरमा आयोजित उक्त कार्यक्रममा राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंगदेन मुख्य अतिथिको रुमा हुनुहुन्थ्यो भने निर्णायक भुमिकामा मोटिभेसनल स्पिकर रोहित मल्ल, सिनियर कोरियोग्राफर महेश केसी, एस. पि. एम कृयसनको संस्थापक अध्यक्ष पवन आचार्य, संचारकर्मी तथा मोडेल प्रमिला कार्की, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ कि विजेता पुजा गिरी तथा फेसिनेटेड व्युटि पार्लरकी संचालक तथा व्युदि एक्सपर्ट लक्ष्मी महत रहनुभएको थियो।

उक्त कार्यक्रमलाई सम्पन्न गर्नका लागि सहयोगी भूमिकामा फेसन पेन्ट्स, एसपिएम कृयसन, ए.आई.टि.म कलेज, द चान्डवाग कलेज, ब्लुबर्ड कलेज, थ्रि एम, सिम्पान,कास्टमण्डप , फेसिनेटेड व्युटि पार्लर, ग्लोबल अनलाइन पे रहेका थिए। विषम परिस्थितिका वावजुत पनि कार्यक्रम सफल भएकाले आफूमा थप उर्जा प्राप्त भएको र यस्तै अभिमुखीकरण कार्यक्रमहरु फेरि प्रस्तुत गर्ने अभ्यानी प्रोडक्सनको संस्थापक अध्यक्ष अभिविन्द खनियाले जानकारी दिनुभयो।

२० दिनसम्म विभिन्न सुरक्षा मापदण्ड भित्र रही सन्चालन गरिएको व्यक्तित्व अभिमुखीकरण , जिवन कौशल कला र मोडलिंग सम्वन्धी उक्त तालिम कार्यक्रममा कोरियोग्राफरको भूमिकामा रोजिन शाक्य, अफिसियल फेसन डिजाइनर सिमोन पन्डित, प्रोजेक्ट डाइरेक्टर अनिकेत अधिकारी, डान्स कोरियोग्राफरको भुमिकामा सुजन श्रेष्ठ, र मुख्य व्यवस्थापकको भूमिकामा सौरभ चौधरी रहेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु