दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाललाई अर्को ऐतिहासिक पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ७ गते, सोमबार १८:१९

काठमाडौं ।दक्षिण एशियाली खेलकुदको तेहौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो ईतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्ग तर्फ पनि एशियनस्तरमा आर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

यहि अगस्त २० देखि ३१ सम्म दुबईमा सञ्चालन भई रहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गलर््स बक्सिङ्ग प्रतियोगितामा जुनियर ५४ किलो तौल समुह अन्तर्गत सम्पन्न क्वार्टरफाईनल खेलमा आप्mना कुवेतका प्रतिद्वन्दि मोहमद् लाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ्ग वाङदी शेर्पाले तीनवटै राउण्डमा आप्mनो वर्चश्व कायम गर्दै ५–० को आधारमा जीत हासिल गरेका छन् । अब छिरिङ्गले अर्को भिडन्त कजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बा संग सेमिफाईनलमा प्रतिष्पर्धा गर्दै छन् । यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनारले पनि निकै बहादुरीका साथ आप्mना ईरानी प्रतिद्वन्दिलाई पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी शुरुवात गरेका पनि दोस्रो र तेस्रो राउण्डमा ईरानी मुक्केबाजले खेल आप्mनो पोल्टामा गर्दै ईन्द्रलाई रोकेका थिए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडी रहेका मुक्केबाजसंग आर एस सी को आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली ले ५४ किलो तौल समुहमा आज ईरानी प्रतिद्वन्द्वी अलियस्घ संग प्रतिष्पर्धा गर्दै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु