दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शनिबारसम्म नै वर्षा सक्रिय रहने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ९ गते, बुधबार ७:१५

काठमाडौं, भदौ ९ । दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ ।

झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल तथा मौसमविज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रका विभिन्न स्थानमा लगातार बदली कायम रही हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

पहाडी भेगका बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा पनि हल्कादेखि मध्यमसँगै केही स्थानमा भारी वर्षाको आकलन गरिएको छ । महाशाखाले जनाएअनुसार बुधबारदेखि लुम्बिनी, कर्णाली र सुदूूरपश्चिमका विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु