दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काँग्रेसको महाधिवेशन प्रतिनिधीमा दोलखाबाट कुमार अधिकारीले उम्मेद्वारी दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र २९ गते, मंगलवार १४:२४

काठमाडौँ, २९ भदौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दोलखाबाट कुमार अधिकारीले उम्मेद्वारी दिने हुनुभएको छ ।

लामो समयदेखि दोलखाको विकासमा लाग्नुभएका अधिकारीले पार्टीको आसन्न १४ औँ महाधिवेशनको लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

विस २०४९ मा दोलखाको सैलुन गाउँपालिका–३ मा रहेको दुर्गा माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई सभापति बन्नुभएका अधिकारी विस २०५४ मा नेविसंघका क्षेत्रीय सचिव बन्नुभएको थियो ।

विस २०५८ मा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल दोलखाको सदस्य बन्नुभएका अधिकारीले विस २०६१ मा नेपाली काँग्रेसको सदस्यता लिएर आफ्नो समाजसेवालाई अगाडि बढाउनुभएको थियो ।

विस २०६३ मा नेपाल तरुण दल दोलखाको उपसभापति बन्नुभएका अधिकारीसँग नेपाली काँग्रेस दोलखाको विभिन्न विभागमा बसेर काम गरिसकेको अनुभव रहेको छ ।

नेपाली काँग्रेस पार्टीले विस २०७२ मंसीरमा निर्माण गरेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको सभापतिसमेत बनिसक्नुभएका अधिकारी पार्टीको विस २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशनमा झिनो मतले महाधिवेशन प्रतिनिधीमा पराजीत हुनुभएको थियो ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आदर्श र सिद्धान्तलाई सर्वपरी ठानेर काँग्रेसको राजनीतिमा होमिनुभएका अधिकारीले दोलखाको विकासका लागि धेरै काम गर्नुभएको छ ।

नेपाली काँग्रेस दोलखाको संगठनलाई बलियो र मजबुद बनाउँदै आगामी दिनमा मुलुकमा हुने तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजय गराउनका लागि आफूले काँग्रेसको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिन लागेको अधिकारीले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु