दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २ गते, शनिबार १८:०१

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान जनताले लेखेको होईन । २०७२ को संविधानमा जनताको चाहना प्रतिनिधित्व भएको छ। दुनियाँमा यस्तो तहको सहमति भएको छैन् । ९० प्रतिशतभन्दा बढिको सहमतिमा यो संविधान आएको हो । प्रयोगको सन्दर्भमा हिजो अस्विकार गर्नेहरु पनि आज कार्यान्वयनको चरणमा सँगै आउनुभएको छ । संविधानमा सबै अधिकार सुनिश्चितता गरेको छ । कार्यान्वयनको चरणमा जाँदा अब राजनीतकि मुद्दा सबै सकियो भन्ने लाग्दथ्यो । मैले यो चार वर्षमा एक पटक पनि कुनै पनि पार्टीको विरुद्धमा बोेलेको छैन् ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दलहरुको बीचमा राष्ट्रियताको सवालमा एकमत कायम हुनुपर्नेमा जोड दिए । उनले भने,‘राष्ट्रियताको मुद्दामा दलहरुबीच साझा दृष्टिकोण बनाउन सकिएन, यो दुःखको कुरा हो । आज बजेट होलिडे मनाउनुपर्ने अवस्था सिर्जना भयो । सरकार गठन भएको दुई महिना बितिसक्दापनि यसलाई पूर्णता दिन सकेको छैन् । बजेट समयमा पास भएन ।’

सरकारले नेकपा एमालेलाई टुक्राउनको लागि समय बढि खर्चिदा मुलुक आज समस्यामा परेको उनको टिप्पणी छ । उनले भने,‘माधव नेपाललाई पार्टी फुटाउनको लागि पर्याप्त समय दिएरमात्रै सरकारले हाउस बोलायो, उसले महत्वपूर्ण समय खेर फाल्यो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधान परिवर्तनशील दस्तावेज भएकोले आवश्यकत्ता र औचित्यको आधारमा संशोधन हुने सुनाए । उनले भने,‘महिलाहरुमाथि आज पनि विभेद छ । नेपालको संविधान गर्वका साथ भन्छु लोकतान्त्रिक संविधान, विश्वको राम्रो हो । यसमा धेरै राम्रा चिज छन् । संघीयताको सवालमा रिभ्यु गर्नुपर्छजस्तो मलाई लागिरहेको छ । खर्च जुन भैरहेको छ, त्यो परीणाममुखी देखिएको छैन । संविधान कार्यान्वयनको क्रममा रहेकाले दलहरुबीच १५–२० वर्षसम्म सहकार्य गर्नुपर्छ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको दुई महिना कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु